सनातन धर्मको संरक्षणका निमित्त सशक्त प्रयास थाल्न कमल थापाको आग्रह

हिमाल प्रेस २१ माघ २०७९ ८:०६
6
SHARES
सनातन धर्मको संरक्षणका निमित्त सशक्त प्रयास थाल्न कमल थापाको आग्रह

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तनको डढेलोमा नेपालको राष्ट्रियता र एकताको पहिचान कमजोर हुँदै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
उनले शनिबार बिहान सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै विश्वमा तीव्रगतिमा इसाईकरण हुने मुलुकमा नेपाल एक नम्बरमा रहेको दाबी गरे।

उनले भने, ‘धर्म, संस्कृति एवम् परम्परा कुनै पनि मुलुकको अस्तित्वको आधार हो। धर्म भनेको केवल पूूजाआराधनाको विषय मात्रै होइन, यो पहिचान र एकताको आधार हो। समाज र राज्यव्यवस्थाको आधारस्तम्भ हो।’

धर्म परिवर्तन हुँदै जाने हो हो भने नेपाली पहिचान भन्ने गौरव समाप्त हुने उनको चिन्ता छ। थापाले भनेका छन्, ‘त्यसैले म सबै सम्बद्ध निकायहरू राजनीतिक दलहरू र सरकारलाई आग्रह गर्न चाहन्छु– सनातन धर्मको संरक्षण र संवर्धनका निमित्त सशक्त प्रयास होस्।’

थापाले जातीय छुवाछुत र जातीय विभेदजस्ता विकृति र विसंगतिले सनातन धर्म र संस्कृतिलाई कमजोर पारिराखेलेसबै प्रकारका जातीय विभेद र असमानतालाई अन्त गर्न जरुरी रहेको औँल्याएका छन्। उनले भनेका छन्, ‘छुवाछुतको प्रथालाई जरैदेखि निर्मूल गरेमा मात्र सनातन धर्म संस्कृतिको रक्षा हुन्छ।’

प्रकाशित: २१ माघ २०७९ ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 20 =