अनलाइनमा नेपाल एयरलाइन्सको टिकट

हिमाल प्रेस २० माघ २०७९ १६:०९
8
SHARES
अनलाइनमा नेपाल एयरलाइन्सको टिकट

काठमाडौँ– नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ। अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकट अनलाइनमार्फत् काट्न सक्ने भएका छन्।

तत्कालका लागि ई–सेवाबाट टिकट काट्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ। निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा अन्य वालेट तथा वेवसाइटमार्फत् पनि टिकट काट्ने व्यवस्था मिलाइने छ।’

निगमले दिल्ली, बैंकक, क्वालालम्पुर, हङ्कङ, दोहा, दुबई, रियादलगायत अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको छ। त्यसका साथै आन्तरिकतर्फ १९ सिटे साना जहाजमार्फत् पहाडी र हिमाली भेगका जिल्लामा उडान भरिरहेको छ।

प्रकाशित: २० माघ २०७९ १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =