कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

हिमाल प्रेस २० माघ २०७९ १५:५०
54
SHARES
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौँ- नेपाली कांग्रेसले सरकारमा सहभागी नभएका दलको बैठक डाकेको छ। शनिबार बिहान कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ।

बैठक राष्ट्रियसभा उपाध्यक्ष, राष्ट्रपतिको निर्वाचन केन्द्रित हुने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन माघ २३ गते हुँदै छ भने राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ।

यी दुवै निर्वाचनमा सरकारमा सहभागी नभएका दलहरू कसरी सहकार्य गरी अघि बढ्ने भन्नेबारे छलफल गर्न लागिएको महतको भनाइ छ।

गत पुस १० गते तत्कालीन गठबन्धन टुटेर एमाले, माओवादीसहितको सातदलीय गठबन्धन बनेपछि कांग्रेस, नेकपा (एकीकृत समाजवादी)लगायत दल विपक्षमा छन्।
विपक्षमै भए पनि कांग्रेस, नेकपा एकीकृत समाजवादीलगायतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत भने दिए।

कांग्रेसले राष्ट्रपति निर्वाचन अघि जसपा, नागरिक उन्मुक्ति पार्टीलाई आफ्नो पक्षमा राख्ने रणनीति अपनाइरहेको छ।

प्रकाशित: २० माघ २०७९ १५:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =