माछापुच्छ्रेका ग्राहकलाई फ्रन्टलाइन अस्पतालमा छुट

हिमाल प्रेस २० माघ २०७९ १२:३४
4
SHARES
माछापुच्छ्रेका ग्राहकलाई फ्रन्टलाइन अस्पतालमा छुट

काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेड र फ्रन्टलाइन अस्पतालबीच छुट सम्झौता भएको छ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा स्वास्थ्य सुविधा लिँदा बढीमा १३ प्रतिशतसम्म छुट पाउनेछन्।

ओपीडी, बेड तथा सर्जरी, ल्याबलगायतमा ५ प्रतिशतदेखि बढीमा १३ प्रतिशतसम्म छुट हुने सम्झौतामा उल्लेख गरिएको छ।

छुटका लागि ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङको प्रयोगमार्फत् भुक्तानी गर्नुपर्नेछ।

प्रकाशित: २० माघ २०७९ १२:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 11 =