तोलामा १४ सयले घट्यो सुनको मूल्य

हिमाल प्रेस २० माघ २०७९ १२:०५
4
SHARES
तोलामा १४ सयले घट्यो सुनको मूल्य

काठमाडौँ- सुनचाँदी बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको छ।

अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ७ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख ६ हजार १ सय तोकिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ६ सय छ।

यसको मूल्य अघिल्लो दिन १ लाख ७ हजार थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्य तुलनामा प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ३ सय ६५ तोकिएको महासंघले जनाएको छ।

प्रकाशित: २० माघ २०७९ १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =