मलेसियाका गृहमन्त्री र नेपाली प्रतिनिधिमण्डलबीच भेटवार्ता

हिमाल प्रेस २० माघ २०७९ ११:३४
8
SHARES
मलेसियाका गृहमन्त्री र नेपाली प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौँ- नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालबीच औपचारिक भेटवार्ता भएको छ।

दुई देशका प्रतिनिधिमण्डलबीच काठमाडौँमा भएको भेटवार्तामा श्रम सम्झौता कार्यान्वयनलगायतका महत्त्वपूर्ण विषयमा छलफल भइरहेको छ। नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको थियो।

नेपालले मलेसियाली मन्त्रीसँग सम्झौता कार्यान्वयनसँगै कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको प्रबन्धलगायत विषयमा पनि छलफल गरिरहेको छ। यस्तै नेपालले शून्य लागतमा कामदार मलेसिया जान पाउने वातावरण सुनिश्चितताका लागि पहल गर्ने पनि बताइएको छ।

गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि इस्माइलले भेटवार्ता गर्ने कार्यक्रम छ। उनीहरूबीच अपराह्न ४ बजे सिंहदरबारमा भेटवार्ता तय भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

तीनदिने भ्रमण नेपाल आएका इस्माइल भोलि (शनिबार) स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 2 =