‘पठान’को फाइदा ‘जवान’ र ‘डंकी’लाई हुने

हिमाल प्रेस १९ माघ २०७९ १६:२८
10
SHARES
‘पठान’को फाइदा ‘जवान’ र ‘डंकी’लाई हुने

काठमाडौँ- शाहरुख खान अभिनीत फिल्म ‘पठान’ ब्लकबस्टर भएसँगै बलिउडका दिन फिरेका छन्। सन् २०२२ मा एकपछि अर्को असफलता भोगेको बलिउडको लागि २०२३ को सुखद सुरुवात भएको छ। फिल्मले एक सातामा लगभग सात सय करोड भारु कमाइसकेको छ। अझै कारोबार गरिरहेको छ।

‘पठान’को सफलताले बलिउडलाई मात्र नभई चार वर्षपछि ठूलो पर्दामा फर्किएका शाहरुखको करिअरलाई पनि बचाउन मद्दत गरेको छ।

यसअघि ‘जिरो’, ‘फ्यान’लगायत उनका फिल्म लगातार असफल भएका थिए। धेरैले शाहरुखको समय सकिएको भनिरहेका थिए। उनको खस्किँदो स्टारडमका लागि पनि ‘पठान’ सफल हुन आवश्यक थियो।

‘पठान’मा पहिलोपटक एक्सन अवतारमा देखिएका शाहरुख फेरि आफ्नो पुरानो ‘बलिउडका बादशाह’को छविमा फर्किएका छन्। यस वर्ष उनको ‘जवान’ र ‘डंकी’ पनि प्रदर्शनमा आउनेछन्।

भारतीय फिल्म समीक्षक तरण आदर्शका अनुसार ‘पठान’को सफलताले ‘जवान’ र ‘डंकी’लाई बाटो सहज बनाइदिएको छ। ‘

पठानको सफलताले यी दुई फिल्मलाई पक्कै पनि फाइदा पुग्नेछ,’ भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दा उनले भनेका छन्, ‘जब कुनै फिल्म हिट हुन्छ। त्यसको प्रभाव अभिनेताको आउँदा फिल्ममा पनि पर्छ।’

आगामी जुनमा शाहरुखको ‘जवान’ प्रदर्शनमा आउनेछ। त्यसपछि डिसेम्बरमा राजकुमार हिरानीको निर्देशन रहेको ‘डंकी’ रिलिज हुनेछ।

प्रकाशित: १९ माघ २०७९ १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =