एनआईसी एशियाको मर्चेन्ट मिट सम्पन्न

हिमाल प्रेस १९ माघ २०७९ १५:०१
4
SHARES
एनआईसी एशियाको मर्चेन्ट मिट सम्पन्न

काठमाडौँ- एनआईसी एशिया बैंक लिमिटेडले ‘सेलेब्रेटिङ डिजिटल पार्टनरसिप’ नाराका साथ ‘मर्चेन्ट मिट २०२३’ सम्पन्न गरेको छ। कार्यक्रममा काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका १५० भन्दा धेरै व्यावसायिक साझेदारको सहभागिता थियो।

कार्यक्रममा बैंकले दिइरहेको डिजिटल सेवा र आगामी दिनमा सुरु गर्न लागेको नयाँ सेवाको बारेमा छलफल गरिएको थियो।

डिजिटल बैंकलाई विशेष प्राथमिकता दिएको एनआईसी एशिया बैंकका २१ लाख बढी मोबाइल बैंकिङ ग्राहक छन्। बैंकका १४ लाख बढी डेबिट तथा क्रेडिट कार्डवाहक र २ लाख बढी क्यूआर मर्चेन्ट छन्।

त्यस्तै ४ हजार बढी पीओएस मर्चेन्ट तथा तीन सय बढी ई-कमर्श मर्चेन्ट रहेको बैंकले जनाएको छ।

प्रकाशित: १९ माघ २०७९ १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + two =