माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट

हिमाल प्रेस १९ माघ २०७९ १२:४६
6
SHARES
माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट

काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न सीजी डिजिटलका आउटलेटमा छुट योजना सञ्चालनमा ल्याएको छ। जसअन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सीजी डिजिटलबाट विद्युतीय सामग्री खरिद गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

यो सुविधा बैंकका ग्राहकले फागुन १५ गतेसम्म पाउनेछन्। छुटको लागि डेबिट वा क्रेडिट कार्डमार्फत् भुक्तानी गर्नुपर्नेछ।

यसका साथै माछापुच्छ्रे बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य प्रतिशत किस्ताबन्दीमा पनि सीजी डिजिटलका सामग्री खरिद गर्न सक्नेछन्।

प्रकाशित: १९ माघ २०७९ १२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seventeen =