राजनीतिक दल खारेज गर्नै मिल्दैन, तर रास्वपा खारेजीको माग गर्दै पर्‍यो निवेदन

हिमाल प्रेस १८ माघ २०७९ १५:२३
52
SHARES
राजनीतिक दल खारेज गर्नै मिल्दैन, तर रास्वपा खारेजीको माग गर्दै पर्‍यो निवेदन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ। मंगलबार रवि लामिछानेलाई पक्राउ गरी राहदानीको विषयमा अनुसन्धान माग गरेका युवराज पौडेल ‘सफल’ले नै पार्टी पनि खारेजीको माग गर्दै आयोगमा निवेदन दिएका हुन्।

सभापति नै अनागरिक हुँदा दर्ता भएको पार्टी खारेज गर्नुपर्ने निवेदकको माग छ। राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भएको थियो।

सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ १३ गते अनागरिक भएको ठहर गरेको थियो। अदालतको आदेश बमोजिम लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर आफ्नो नागरिकता पुन: प्राप्त गरिसकेका छन्।

तर, दल गर्दा पेस गरिएको नागरिकता नै अवैध भएको भन्दै खारेज गर्नुपर्ने पौडेलको माग छ।

तर, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया राजनीतिक दल खारेज गर्ने प्रावधान नै संविधानमा नरहेको बताउँछन्। उनले भने, ‘निवेदन आयो होला तर संविधानमा राजनीतिक दल खारेज गर्न सक्ने प्रावधान नै छैन।राजनीतिक दल अविछिन्न संस्था हो खारेज हुँदैन। ‘


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − two =