संसद्‍मा गगन थापाको प्रश्‍न : साना किसानलाई क्षतिपूर्तिबापत‍को रकम कहिले दिने?

हिमाल प्रेस १८ माघ २०७९ १३:४३
34
SHARES
संसद्‍मा गगन थापाको प्रश्‍न : साना किसानलाई क्षतिपूर्तिबापत‍को रकम कहिले दिने?

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ऋणले थिचिएका साना किसानले क्षतिपूर्तिबापत पाउनुपर्ने रकम तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार संसद् बैठकमा बोल्दै उनले सरकारले साना किसानलाई दिनुपर्ने क्षतिपूर्तिबापतको रकम दिन आनाकानी गरिरहेको बताएका हुन्।

‘बैंकको ऋणले थिचिएका किसानले अप्रिय निर्णय नगर्ने बेलासम्म कुर्ने हो? अप्रिय निर्णय गरिसकेपछि आँसु बगाउँदै सहानुभूति प्रकट गर्दै छानबिन समिति बनाउने हो कि साना किसानलाई जोगाउने हो?,’ उनले भने, ‘अहिले साना किसानहरू कृषि मन्त्रालय धाइरहेका छन्, रुन्छन् कराउँछन्। यी तिनै किसान हुन् जसले कुखुरा फार्म गर्न बैंकबाट ऋण लिएका थिए।’

सरकारले बर्डफ्लुको जोखिम न्यूनीकरण गर्न उनीहरूको फार्म नष्ट गरेको र क्षतिपूर्तिबापत् ५८ करोड रकम उपलब्ध गराउन बाँकी रहेको थापाको दाबी छ। ‘अझै किसानलाई झुलाइरहने हो कि यो प्रपञ्चबाट बाहिर निक्लिएर, निकालेर आफूले दिनुपर्ने रकम दिने हो?,’ उनले प्रश्न गरे।

प्रकाशित: १८ माघ २०७९ १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =