क्यानले स्वीकृत गर्‍यो मल्लको राजीनामा, पाठकलाई तोकियो कार्यवाहक सचिव

हिमाल प्रेस १८ माघ २०७९ ११:२८
6
SHARES
क्यानले स्वीकृत गर्‍यो मल्लको राजीनामा, पाठकलाई तोकियो कार्यवाहक सचिव

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको राजीनामा स्वीकृत भएको छ। पोखरामा जारी क्यानको बोर्ड बैठकले उनको राजीनामा स्वीकृत गरेको हो।

गत वर्ष अशोकनाथ प्याकुर्‍यालले राजीनामा दिएपछि कार्यवाहक सचिवको जिम्मेवारी पाएका मल्ल नेपाल टि२० लिग गभर्निङ काउन्सिलका अध्यक्ष थिए। लिग आयोजना विवादमा परेपछि उनको राजीनाको माग भइरहेको थियो। सोही क्रममा उनले राजीनामा दिएका थिए। मल्ल अब सदस्य मात्रै रहनेछन्।

यसैबीच क्यानको बैठकले केन्द्रीय सदस्य दुर्गाराज पाठकलाई कार्यवाहक सचिव तोकेको छ।

प्रकाशित: १८ माघ २०७९ ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =