भारत झारखण्डको अपार्टमेन्टमा आगलागी, १४ जनाको मृत्यु

हिमाल प्रेस १८ माघ २०७९ ९:०३
4
SHARES
भारत झारखण्डको अपार्टमेन्टमा आगलागी, १४ जनाको मृत्यु

नयाँदिल्ली- भारतको झारखण्डस्थित धनबाद भन्ने स्थानमा पर्ने एक अपार्टमेन्टमा आगो लाग्दा १४ जनाको ज्यान गएको छ।
धनवाद जिल्लाको शक्तिमन्दिर रोडस्थित आशिर्वाद टावरमा आगो लाग्दा १४ जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ।

भारतीय टेलिभिजन च्यानल आजतकले भने ११ महिला, तीन बच्चा र एक जना पुरुष गरी १५ जनाको मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा एकै परिवारका पाँच जना सदस्य रहेको समाचारमा उल्लेख छ।

आगलागीको समयमा उक्त भवनमा कति जना थिए भन्ने खुलेको छैन। सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरुलाई भवनमा फसेकाहरुको उद्धार गर्दै आगो नियन्त्रणका लागि परिचालन गरिएको थियो ।

आगलागीको कारण खुलेको छैन। केही मिडियाहरूले ग्याँस सिलिण्डर विष्फोटका कारण आगलागी भएको उल्लेख गरेका छन्।

प्रकाशित: १८ माघ २०७९ ९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + one =