चेल्सीबाट आर्सनलतिर सर्दै जर्जिन्हो

हिमाल प्रेस १७ माघ २०७९ १६:४६
8
SHARES
चेल्सीबाट आर्सनलतिर सर्दै जर्जिन्हो

काठमाडौँ- चेल्सीका इटालेली मिडफिल्डर जर्जिन्होलाई आर्सनलले अनुबन्ध गर्ने भएको छ। लन्डनका दुई क्लबबीच जर्जिन्होको स्थान्तरणका विषयमा सहमति भइसकेको बेलायती सञ्चारमाध्यम बीबीसीले लेखेको छ। यो सहमति अनुसार चेल्सीले ३१ वर्षीय जर्जिन्होका लागि एक करोड २० लाख पाउन्ड तिर्नेछ।

जर्जिन्हो सन् २०१४ मा इटालियन क्लब नापोलीबाट चेल्सी पुगेका थिए। उनको चेल्सीसँगको सम्झौता आउँदो जुनमा सकिँदै थियो। यो सिजनको अन्त्यमा उनी ‘फ्री–एजेन्ट’ का रुपमा जुनसुकै क्लब जान सक्थे। तर आर्सनलले उनलाई तत्कालै अनुबन्ध गर्ने निर्णय लिएको हो।

हाल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेका आर्सनल नयाँ मिडफिल्डरको खोजीमा थियो। उपाधि दौडमा म्यानचेस्टर सिटीलाई पछि पार्ने लक्ष्यमा रहेको आर्सनलले ब्राइटनका मोइसेस काइसेडोलाई भित्र्याउने प्रयास गरेको थियो। तर आर्सनलले राखेका दुई प्रस्ताव ब्राइटनले अस्वीकार गरेको थियो। त्यसपछि आर्सनल जर्जिन्होतिर केन्द्रित भएको हो।

मंगलबार बन्द हुन लागेको ‘ट्रान्सफर विन्डो’ मा आर्सनलले अनुबन्ध गर्न लागेको जर्जिन्हो तेस्रो खेलाडी हुन्। मिकेल आर्टेटा नेतृत्वको टिमले यसअघि ज्याकुब किविओर र लियान्द्रो ट्रोसार्डलाई अनुबन्ध गरिसकेको छ।

जर्जिन्होले चेल्सीका लागि कुल दुई सय १३ खेल खेलेका छन्। तिनमा २९ गोल तथा नौ गोलको योगदान गरेका जर्जिन्होले चेल्सीको जर्सीमा च्याम्पियन्स लिग, युरोपा लिग, यूईएफए सुपर कप र फिफा क्लब विश्वकप जितेका छन्।

ब्राजिलमा जन्मिएको भए पनि १५ वर्षको उमेरबाट इटालीमा खेल्न सुरु गरेका जर्जिन्होले इटालेली राष्ट्रिय टिमबाट ४६ खेल खेलेका छन्। इटालीले युरो २०२० जित्दा जर्जिन्हो टिमका महत्त्वपूर्ण सदस्य थिए।

प्रकाशित: १७ माघ २०७९ १६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seven =