स्प्राइटको ‘पिरोको झट्का स्प्राइटले मेटा’ क्याम्पेन

हिमाल प्रेस १७ माघ २०७९ १६:०४
6
SHARES
स्प्राइटको ‘पिरोको झट्का स्प्राइटले मेटा’ क्याम्पेन

काठमाडौँ- लेमन लाइम पेय पदार्थ स्प्राइटले ‘पिरोको झट्का स्प्राइटले मेटा’ नामक नयाँँ क्याम्पेन सुरुवात गरेको छ।

पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खानेकुराको स्वाद अझै लिनको लागि स्प्राइट सबैभन्दा उपयुक्त पेय पदार्थ हो, भन्ने सन्देश दिनको लागि यो क्याम्पेन ल्याइएको कम्पनीले जनाएको छ।

यो क्याम्पेनको एउटा भागको रूपमा नयाँँ टेलिभिजन कमर्सियल (टीभीसी) पनि बनाइएको छ। जसमा जसिता गुरुङ, नाजिर हुसेन र कविता नेपालीले अभिनय गरेका छन्।

जनकपुरमा छायांकन गरिएको टीभीसीमा त्यहाँको स्थानीय संस्कृति र खानेकुरालाई देखाइएको छ।

बजारमा स्प्राइटको १७५ मिलि र २५० मिलिको रिटर्नेबल ग्लास बोतल तथा २५० मिलि, ५०० मिलि, १ लिटर, १.५ लिटर र २.२५ लिटरको पेट बोतलमा बजारमा उपलब्ध छ।

प्रकाशित: १७ माघ २०७९ १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =