क्यान अध्यक्ष चन्दको राजीनामा माग

हिमाल प्रेस १७ माघ २०७९ १६:०३
8
SHARES
क्यान अध्यक्ष चन्दको राजीनामा माग

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) को पोखरामा सुरु बोर्ड बैठकमा अध्यक्ष चतुर बहादुर चन्दको राजीनामा मागिएको छ। क्यान नेतृत्वसँग असन्तुष्ट रहेका सात केन्द्रीय सदस्यले कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चन्दसहित पाँच जनाको राजीनामा लिखित रुपमै मागेका हुन्।

कार्यसम्पादन समितिमा अध्यक्ष चन्दबाहेक कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्ल, कोषाअध्यक्ष रोशन सिंह र सदस्यद्वय दुर्गाराज पाठक र पदक खड्का छन्। यी पाँचले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने ती सात केन्द्रीय सदस्यको माग छ।

यसरी राजीनामा माग गर्ने सदस्यमा दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्वी लामा र धर्मराज गिरी छन्। यी सातले केही दिनअघि काठमाडौँमा पत्रकार सम्मेलन गरी कार्यसम्पादन समितिका सबैले आआफ्नो जिम्मेवारी त्याग्नु पर्ने जिकिर गरेका थिए।

राजीनामा माग गर्दै सात केन्द्रीय सदस्यले बैठक बहिस्कार गरेका थिए। राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने, आईसीसी क्रिकेट विश्वकप लिग २ का शृंखला, एसीसी प्रिमियर लिगको आयोजना, वार्षिक साधारण सभा, विशेष साधारणसभा तथा निर्वाचन, राष्ट्रिय खेलाडीहरूको करार सम्झौता, इन्टिग्रिटी कमिटी गठन, नेपाल टि२० लिगको प्रतिवेदन लगायत १७ एजेन्डामा छलफल गर्न बोर्ड बैठक बोलाइएको हो।

प्रकाशित: १७ माघ २०७९ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =