चितवन कांग्रेस सभापति खनाल भन्छन् : हाम्रो जिल्ला प्रयोगशाला भयो, रविले जितेर यो हविगत भयो

हिमाल प्रेस १७ माघ २०७९ १६:०३
178
SHARES
चितवन कांग्रेस सभापति खनाल भन्छन् : हाम्रो जिल्ला प्रयोगशाला भयो, रविले जितेर यो हविगत भयो

काठमाडौँ- नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकै कारण देशमा एकै निर्वाचन क्षेत्रमा एकै कार्यकालमा तेस्रोपटक चुनाव गर्नुपर्ने अवस्था आउन नदिन एक हुनुको विकल्प नरहेको बताएका छन्।

उनले उपनिर्वाचनमा पनि रविलाई नै जिताएर पुन: उपनिर्वाचनमा जाने कि अर्को उम्मेदवारलाई चुनाव जिताएर राज्यको ढुकुटीको बचत गर्ने भन्ने हात मतदातामा रहेको बताएका हुन्।

खनालले रवि लामिछानेसँग राज्यलाई दिनेभन्दा पनि राज्यबाट के लिने भन्ने विचार रहेको आरोप लगाए। त्यस्तै उनले अहिले नागरिकताको विषय आयो, अब राहदानीको विषय पनि अनुसन्धानकैक्रममा रहेकोले उपनिर्वाचनमा जनताले ध्यान दिनुपर्ने पनि बताए। ‘अहिले नागरिकताको विषय आयो। अब दोहोरो राहदानीको कुरा पनि अनुसन्धान हुनेक्रममै छ,’ उनले भने, ‘उपनिर्वाचनमा दोहोरो राहदानी बोकेर उम्मेदवार हुनेलाई जिताएर उपनिर्वाचन गराउने भन्ने सोच्नुपर्नेछ।’

मंसिर ४ को निर्वाचनमा रवि लामिछानेको हावाले देशैभरी प्रभाव पारेको उनी बताउँछन्। ‘चितवनमा राजनीतिक उतारचढाव भइराछ। यस पटक रवि लामिछानेको हावा बग्यो। त्यसले देशभर प्रभावित पार्‍यो। केही महिनामै चितवन-२ खाली भयो। अब यहाँ उपचुनाव हुँदैछ,’ मंगलबार काठमाडौँमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘अहिले कांग्रेसको जुन अवस्था छ। हामी एकअर्कामा दोषारोपण गरिरहेका छौँ६ महिनाअघि पार्टी गठन गरेका रविले चुनाव जितेर आउनुभयो। तर मन्त्री बनेको ३२ दिनमा उहाँले के गर्नु भयो? हविगत देखियो। के कारण थाहै छ।’

उनले चितवन राजनीतिक प्रयोगशाला भएको भन्दै उपनिर्वाचनमा कांग्रेस एक भएर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ। ‘कांग्रेसका उम्मेदवारलाई जिताउन र विपक्षी उम्मेदवारलाई हराउन चितवन कांग्रेस तयार छ,’ उनले भने,’सभापतिले पनि त्यहीअनुसार निर्देशन दिनुपर्‍यो। बागमतीका सभापति इन्द्र बानियाँको कुरा पनि त्यही हुनुपर्‍यो। सबै एक भएपछि सबै ठीक भइहाल्छ।’

८९ सिट भएको कांग्रेसलाई सरकार बाहिर राखेर बनेको सत्ता गठबन्धन धेरै नटिक्ने उनको दाबी छ। ‘८९ सिट भएको कांग्रेस पार्टीलाई बाहिर राखेर सरकार बनाइएको छ यो खतरानाक छ। प्रधानमन्त्री प्रचण्ड हुनुहुन्छ तर निर्णय प्रक्रियामा प्रभाव केपी ओलीको छ,’ उनले थपे, ‘यो गठबन्धन टिक्दैन। कुनै ठाउँमा पुगेर दुर्घटना हुन्छ।’

उनले प्रतिनिधिसभाको निर्वाचनमा चितवनको धराताल के हो भन्ने थाहै नभई टिकट वितरण गर्दा पनि रिजल्ट राम्रो नभएको बताए।

 

प्रकाशित: १७ माघ २०७९ १६:०३

प्रतिक्रिया

2 thoughts on “चितवन कांग्रेस सभापति खनाल भन्छन् : हाम्रो जिल्ला प्रयोगशाला भयो, रविले जितेर यो हविगत भयो

  1. टेलिभिजनमा घोक्रो फुट्ने गरी नैतिकताको पाठ सिकाउनेले आफु नैतिकतामा बस्नुपर्दैन ? बहु पासपोर्ट, बहु नागरिक, बहुबिबाह, बहु बालबालिका, नक्कली पीडित खडा गरेर आसुको ब्यापार गर्ने आफै न्याधिस, वकिल र पुलिस भएर अरुलाई बेकुफ वनाउने भि.आई.पी ठग रबि लाम्छानेलाई कडा कार्बाही होस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =