गीत र लोगो बनाउँदै तातोपानी गाउँपालिका

हिमाल प्रेस १७ माघ २०७९ १४:०१
2
SHARE
गीत र लोगो बनाउँदै तातोपानी गाउँपालिका

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै पालिकाको आफ्नै गीत र लोगो बनाउने भएको छ।

गाउँकार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गीत र लोगो बनाउनका लागि एक महिने सार्वजनिक सूचना जारी गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए।

दरखास्त दिनका लागि सूचना जारी गरिएको छ गाउँपालिका अध्यक्ष चौलागाईंले भने, ‘खुला प्रतिस्पर्धात्मक विधिबाट पालिका गीत र लोगो निर्माणका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न शर्तमा आधारित निर्धारित समयभित्र दरखास्त दिन सूचना जारी गरेको हो।’

गीत र लोगोका लागि विभिन्न ११ वटा शर्त राखिएको छ। छनोट भएका उत्कृष्ट रचना छनोट गरिनेछ । डिजाइनकर्ता र रचनाकारलाई पुरस्कृतसमेत गरिने तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए।

प्रकाशित: १७ माघ २०७९ १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − three =