नागरिकको स्वास्थ्यको सवालमा गम्भीर भएर काम गर्न मन्त्री गिरीको निर्देशन

हिमाल प्रेस १७ माघ २०७९ १५:३१
4
SHARES
नागरिकको स्वास्थ्यको सवालमा गम्भीर भएर काम गर्न मन्त्री गिरीको निर्देशन

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नागरिकको स्वास्थ्यको सवालमा गम्भीर भएर कार्यसम्पादन गर्न औषधि व्यवस्था विभागलाई निर्देशन दिएका छन्।

मंगलबार विभागको अनुगमनपछि आयोजित कार्यक्रममा मन्त्री गिरीले जनशक्ति वा पूर्वाधार कुनै पनि बहानामा नागरिकको स्वास्थ्यको सवालमा खेलवाड नगर्न र गम्भीर भएर कार्यसम्पादन गर्न निर्देशन दिएका हुन्।

उनले प्रभावकारी कार्यसम्पादनमा मन्त्रालयको तर्फबाट विभागलाई पूर्ण समर्थन हुने पनि बताए। त्यस्तै उनले खुला नाकाका कारण भारतबाट भित्रिएका औषधीहरू खुलेआम बेचविखन भइरहेकाले निगरानी बढाउनुपर्ने तर्फ सतर्क हुन पनि आग्रह गरे।

औषधी विक्री वितरणको अनुगमन प्रभावकारी नहुँदा समस्या देखिने भएकाले सबै प्रदेशमा कार्यालय स्थापना गरेर अघि बढ्नुपर्ने उनको धारणा छ।

प्रकाशित: १७ माघ २०७९ १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =