न्युजिल्यान्डका गैरआवासीय राजदूत पोखरेलले बुझाए ओहोदाको प्रमाणपत्र

हिमाल प्रेस १७ माघ २०७९ १२:३०
6
SHARES
न्युजिल्यान्डका गैरआवासीय राजदूत पोखरेलले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ- न्युजिल्यान्डका लागि नेपालका गैरआवासीय राजदूत कैलाशराज पोखरेलले ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

मंगलबार अकल्यान्डस्थित गभर्नरको कार्यालयमा आयोजित कार्यक्रममा राजदूत पोखरेलले न्युजिल्यान्डकी गभर्नर जनरल डेम किन्डेसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।

कार्यक्रममा गैरआवासीय राजदूत पोखरेलले नेपाल र न्युजिल्यान्डको शान्ति, समृद्धि, प्रगति र सद्भावको लागि खटिने प्रतिबद्धता जनाएका छन्।

पोखरेलले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्युजिल्यान्डका जनता र गभर्नर जनरलको सुस्वास्थ्य एवम् दीर्घायुको लागि पठाएको सन्देशसमेत सुनाएका थिए।

ओहोदाको प्रमाणपत्र बुझाउँदा गैरआवासीय राजदूत पोखरेलले नेपाललाई चिनाउन पवर्तारोही सर एडमण्ड् हिलारीको योगदानको सम्झना गरेका थिए। उनले आगामी दिनमा पनि न्युजिल्यान्ड नेपालप्रति उस्तै सद्भाव र पर्यटनको विकासमा सघाउने विश्वास व्यक्त गरे।

ओहोदाको प्रमाणपत्र बुझ्दै गभर्नर जनरल किन्डेले नेपाल र न्युजिल्यान्डबीचको द्विपक्षीय सम्बन्धको चर्चा गरेकी थिइन्। उनले माघ १ गते पोखरामा भएको विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेकी छन्।

प्रकाशित: १७ माघ २०७९ १२:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + seven =