माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

हिमाल प्रेस १७ माघ २०७९ ७:४२
2
SHARE
माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौँ- माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरीद गर्ने अन्तिम दिन आज अर्थात् मंगलवारसम्म रहेको छ।

कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि अर्थात् मंगलवारसम्म मात्र बिक्री खुला गर्न लागिएको हो।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो। सर्वसाधारणमा निष्कासन गरिने कुल कित्ता सेयरमध्ये १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

त्यसबाहेक पनि १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ। कम्पनीले ४८ हजार कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याएको छ। बाँकी १९ लाख ९२ हजार कित्ता सेयर भने सार्वजनिक निष्कासनमा ल्याएको हो। कम्पनीको सार्वजनिक निष्कासनमार्फत विक्री हुने आईपीओ १ लाख ९९ हजार २०० जना भाग्यमानी आवेदकहरूले १० कित्ताका दरले हात पार्नेछन्।

आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिनेछ। आईपीओे निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। बिक्री प्रबन्धकसँगै लगानीकर्ताले सी–आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था छ।

प्रकाशित: १७ माघ २०७९ ७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =