परराष्ट्रमन्त्री बिहीबार श्रीलंका जाने

हिमाल प्रेस १७ माघ २०७९ ७:०६
4
SHARES
परराष्ट्रमन्त्री बिहीबार श्रीलंका जाने फाइल तस्बिर। रासस

काठमाडौँ- परराष्ट्रमन्त्री डा. विमला राई पौडेल श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएकी छिन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री पौडेलको श्रीलंकाको भ्रमणलाई स्वीकृति प्रदान गरेको हो । परराष्ट्रमन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमण हो । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरका कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रूपमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेले यही माघ २० र २१ गते (फेब्रुअरी ३ र ४) मा हुने विशेष समारोहमा दक्षिण एसियाली मुलुकका विदेशमन्त्री र अन्य विशिष्ट पाहुनालाई निमन्त्रणा गरेका छन्।

भ्रमणका क्रममा मन्त्री पौडेलले उच्चस्तरीय द्विपक्षीय राजनीतिक भेटवार्ता गर्नेछिन्। उनले श्रीलंकाका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्री, भारत र माल्दिभ्सका विदेश मन्त्रीसँग उच्चस्तरीय भेटवार्ता गर्नेछिन्।

भ्रमण सकेर उनी आइतबार नेपाल फर्किने कार्यक्रम छ।

प्रकाशित: १७ माघ २०७९ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =