पाकिस्तान : बम विस्फोटमा मृत्यु हुनेको संख्या ४४ पुग्यो

हिमाल प्रेस १६ माघ २०७९ २१:११
8
SHARES
पाकिस्तान : बम विस्फोटमा मृत्यु हुनेको संख्या ४४ पुग्यो

काठमाडौँ- पाकिस्तानको पेशावरमा सोमबार भएको बम विस्फोटमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ। पाकिस्तानी अखबार डनले स्थानीय प्रहरीलाई उदृत गर्दै लेखेको समाचारमा करिब एक सय ५७ घाइते भएको उल्लेख छ। घाइतेहरूको पेशावरमै उपचार भइरहेको छ। तीमध्ये धेरैजसोका अवस्था चिन्ताजनक रहेको अस्पतालको भनााइ छ।

पाकिस्तानको उत्तरपश्चिममा पर्ने पेशावर सहरको एक व्यस्त मस्जिदमा आत्मघाती बम विस्फोट गराइएको प्रहरीको भनाइ छ। बम विस्फोट हुँदै गर्दा मस्जिदमा करिब दुई सय ६० जना धर्मावलम्बी थिए।

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले आत्मघाती बम विस्फोट भएको सार्वजनिक रुपमा अभिव्यक्ति दिएका छन्। विस्फोटको जिम्मेवारी तेहरिके ए तालिबान (टीटीपी) ले लिएको डनले जनाएको छ।

दिउँसोको प्रार्थनाका लागि स्थानीय भेला भएका बेला बम विस्फोट गराइएको थियो। जसकारण मस्जिदका पर्खाल भत्किएका थिए। मस्जिद प्रान्तीय प्रहरीको मुख्यालय र प्रतिआतंकवाद विभागबाट नजिकै छ।

‘हामीलाई प्राप्त सूचना अनुसार बम बोकेका आतंकवादी प्रार्थनाको पहिलो लाइनमा थिए,’ रक्षामन्त्री खवाजा आसिफले पाकिस्तानकै जियो टीभीसँग भनेका छन्।

सरकारी टेलिभिजन च्यानल पीटीभीले प्रहरी र स्थानीयहरू विस्फोटक भएको स्थानमा उद्धारमा खटिएको भिडियो प्रशारण गरेको थियो। त्यस भिडियोमा मस्जिदका पर्खाल भत्किएको र त्यसले मान्छे किचेको देखाइको छ।

पेशावर प्रहरीका प्रवक्ता मुहम्मद इजाज खानका अनुसार मस्जिद वरपर तीन देखि चार सय प्रहरी तैनाथ थिए। ‘हाम्रो प्रारम्भिक निस्कर्ष हो, तैनाथ भएका प्रहरीबाट कमजोरी भयो,’ इजाजले भनेका छन्।

पेशावर आदिवाशीहरूको ठूलो जनसंख्या रहेका जिल्लाहरूले घेरिएको सहर हो। अफगानिस्तानबाट नजिकै रहेको पेशावरमा बारम्बार यस्ता ठूला घटना घट्ने गरेका छन्। पाकिस्तानी प्रहरीका अनुसार पाकिस्तानी तालिबान लगायतका समूहले यसरी बम विस्फोट गराउने गरेका छन्।

तेहरिके ए तालिबान (टीटीपी) का नामले कुख्याती कमाएको पाकिस्तानी तालिबान सुन्नी उग्रवादी समूह हो। जो पाकिस्तानमा अहिलेको राजनीतिक व्यवस्था परिवर्तन गरेर आफ्नो सत्ता स्थापना गर्न चाहन्छ।

सन् २०२२ को नोभेम्बरमा पाकिस्तान सरकारसँग युद्धविराम भंग गरेको टीटीपीले त्यसपछि पाकिस्तानमा हिंसात्मक गतिविधि चर्काएको छ। टीपीपीसँग नजिक रहेका अन्य समूहले बलोचिस्तानमा सुरक्षाकर्मीमाथि हमला गरिरहेका छन्।

प्रकाशित: १६ माघ २०७९ २१:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =