योजना आयोगको सदस्यमा ज्ञवाली, महत र शाक्य नियुक्त

हिमाल प्रेस १६ माघ २०७९ १८:१५
24
SHARES
योजना आयोगको सदस्यमा ज्ञवाली, महत र शाक्य नियुक्त

काठमाडौँ- सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, कुशेन्द्र महत  र अञ्जना शाक्यलाई नियुक्त गरेको छ। आज सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले तीनै जनालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।

त्यस्तै आजको बैठकले कोहलपुर-सुर्खेत १३२ केभी आयोजनाका लागि जग्गा प्राप्ती गर्ने र प्रारम्भिक कारबाही सुरु गर्ने अधिकारीको जिम्मा इञ्जिनियर नितेश यादवलाई तोक्ने निर्णय पनि गरेको छ।

सरकारले यसअघि नै योजना आयोगको उपाध्यक्षमा डा.मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ।

प्रकाशित: १६ माघ २०७९ १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =