सडक किनारामा रोपिएका बिरुवा नमास्न ललितपुर महानगरको चेतावनी

हिमाल प्रेस १६ माघ २०७९ १४:०२
4
SHARES
सडक किनारामा रोपिएका बिरुवा नमास्न ललितपुर महानगरको चेतावनी ललिपुरको कुपण्डोल क्षेत्र। फाइल तस्बिर

ललितपुर- ललितपुर महानगरपालिकाले सडक किनारामा रोपिएका बिरुवा नउखेल्न र नकाट्न चेतावनी दिएको छ।  महानगरले सोमबार सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। नगरलाई हरियालीसहितको स्मार्ट सिटी बनाउन सहरका विभिन्न स्थानमा वृक्षरोपण गरिरहेको छ।

तर सहर हरियाली बनाउने अभियानविरुद्ध सडक किनारामा रोपिएका बिरुवा उखेलेको र काटेको प्रमाणसहितको जानकारी प्राप्त भएको महानगरको सूचनामा उल्लेख छ।

महानगरले भनेको छ, ‘फेरि पनि यस्तो गलत कार्य कहीँकतैबाट भएको सूचना प्राप्त भए ललितपुर महानगरपालिकाले त्यस्ता व्यक्ति र संस्थालाई कानुनबमोजिम कडा कारबाही गर्ने व्यवहोरा जानकारी गराइन्छ।’

प्रकाशित: १६ माघ २०७९ १४:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + fourteen =