प्रधानमन्त्री र एमाले अध्यक्षबीच बालुवाटारमा छलफल

हिमाल प्रेस १५ माघ २०७९ १६:४८
4
SHARES
प्रधानमन्त्री र एमाले अध्यक्षबीच बालुवाटारमा छलफल

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। केहीबेरअघि बालुवाटार पुगेका ओली र प्रचण्डबीच पछिल्लो राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन केन्द्रित छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पार्टीको स्थायी कमिटी बैठकमा केपी ओलीले घेराबन्दीमा पारेको भन्दै प्रचण्डले आपत्ति जनाएका थिए। त्यसो त एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने बताउँदै आइरहेको बेला प्रचण्डले राष्ट्रिय सहमतिको कुरा उठाएका छन्। दाहालको विचारमा ओली सहमत छैनन्।

ओलीले गठबन्धनभित्र राष्ट्रपति एमालेले पाउनुपर्ने सहमति भएको र सोहीअनुसार हुनुपर्ने बताउँदै आएका छन्।

प्रकाशित: १५ माघ २०७९ १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =