बन्ने भयो ‘पशुपति प्रसाद २ भस्मे डन’

हिमाल प्रेस १५ माघ २०७९ १५:५३
10
SHARES
बन्ने भयो ‘पशुपति प्रसाद २ भस्मे डन’

काठमाडौँ- फिल्म ‘पशुपति प्रसाद २’ बन्ने भएको छ। काठमाडौँमा एक कार्यक्रम आयोजना गरी त्यसको औपचारिक घोषणा गरिएको छ।

फिल्मको नाम ‘पशुपति प्रसाद २ भस्मे डन’ रहनेछ। पहिलो भाग ‘पशुपति प्रसाद’का भस्मे डन अर्थात् विपिन कार्की मुख्य भूमिकामा रहनेछन्। उनको जोडीका रूपमा देखिनेछिन् अभिनेत्री स्वस्तिमा कार्की।

खगेन्द्र लामिछानेको लेखन र निर्माण रहने फिल्मको निर्देशन दीपेन्द्र के खनालले गर्नेछन्। फागुनदेखि छायांकन सुरु हुने फिल्ममा २०८० सालको दसैँमा प्रदर्शनमा आउनेछ।

फिल्ममा विपिन र स्वस्तिमासँगै सौगात मल्ल, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, सजन थापामगर, प्रकाश दाहाललगायत कलाकारको अभिनय रहनेछ।

प्रकाशित: १५ माघ २०७९ १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − three =