त्रिभुवन विमानस्थलमा दुई घण्टापछि खुल्यो अन्तर्राष्ट्रिय उडान

हिमाल प्रेस १४ माघ २०७९ १९:३२
4
SHARES
त्रिभुवन विमानस्थलमा दुई घण्टापछि खुल्यो अन्तर्राष्ट्रिय उडान

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई घण्टापछि अन्तर्राष्ट्रिय उडान पुन: सञ्चालनमा आएको छ। शनिबार दिउँसो अध्यागमन विभागको सर्भर डाउन हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको हो।

अहिले म्यानुअल रूपमा उडान सञ्चालन गरिएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरको भनाइ छ। ‘सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ,’ उनले भने।

अहिले जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको उनले जानकारी दिए। जहाज नउडेपछि विमानस्थलमा यात्रुको भिड रहेको थियो।

अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान रोकिएको थियो। सर्भर डाउन भएपछि इन्डिगो एयर, फ्लाई दुबई, कतार एयरवेजलगायत जहाजको उडान समय परिवर्तन गरिएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =