विप्लव कम्युनिस्ट एकताका पक्षमा छैनन् : वैद्य

हिमाल प्रेस १४ माघ २०७९ १८:११
6
SHARES
विप्लव कम्युनिस्ट एकताका पक्षमा छैनन् : वैद्य फाइल तस्बिर।

काठमाडौँ– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढगले संगठति गर्न जरुरी रहेको बताएका छन्।

शनिबार काठमाडौँमा इन्द्रमोहन सिग्देलद्वारा लखित विचारधारात्मक संघर्ष पुस्तकको परिचर्चा कार्यक्रममा महासचिव वैद्यले यस्तो बताएका हुन्।

कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको अवस्थामा यसलाई नयाँ ढगले संगठित गर्न जरुरी रहेको उनको भनाइ छ।

कठिन संघर्षकाबीचबाट कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउनेबारे गम्भीरतापूर्वक सोच्ने बेला आएको पनि उनले धारणा राखे।

कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन विचार मिल्ने शक्तिहरूसँग एकताको कुरा भए पनि नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा भने एकताबाट पछि हटेको उनले जिकिर गरे। ‘कम्युनिस्ट विचार मिल्नेहरूसँग हामी एकता गर्ने पक्षमा छौं। तर विप्लवजीको पार्टी एकताका पक्षमा देखिएको छैन,’ उनले भने।

नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य समेत रहेका सिग्देलद्वारा लखित पुस्तकमा पछिल्लो अवधिमा लेखिएका आलेखहरूलाई विचार, राजनीति, अर्थराजनीति, संगठन, राष्ट्रिय स्वाधीनता, अन्तर्राष्ट्रिय तथा विविध जस्ता भागहरूमा वर्गीकरण गरी समावेश गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =