जीवित शिशुलाई मृत घोषणा गर्ने तीन चिकित्सकमाथि कामकाजमा रोक

हिमाल प्रेस १४ माघ २०७९ १४:०८
4
SHARES
जीवित शिशुलाई मृत घोषणा गर्ने तीन चिकित्सकमाथि कामकाजमा रोक

इटहरी- विराटनगरस्थित कोसी अस्पतालका चिकित्सकले जीवित शिशुलाई मृत घोषणा गरेको भन्दै तीनजनामाथि काममा रोक लगाइएको थियो।

गत ५ माघमा घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्दै शिशुको उपचार संलग्न स्वास्थ्यकर्मीहरूलाई २४ घन्टे स्पष्टीकरण माग गर्दै सात दिनका लागि काम गर्न रोक लगाइएको थियो। छानविन समितिले प्रतिवेदन बुझाउँदै उनीहरू निर्दोष रहेको उल्लेख छ।

बालरोग विशेषज्ञ डा प्रवीणकुमार झाको संयोजकत्वमा गठित बालरोग विशेषज्ञ डा सूर्यकान्त चौधरी र रामप्रसाद नेपाल सदस्य रहेको समितिले अस्पताल प्रशासनलाई प्रतिवेदन बुझाएको हो। समितिले बुझाएको छानबिन

प्रतिवेदनमा शिशुको उपचारमा संलग्न कोसी अस्पतालका स्वास्थ्यकर्मीहरू निर्दोष रहेको उल्लेख गरिएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि कोसीको आकस्मिक कक्षमा भर्ना गरिएकी शिशुको स्वास्थ्य अवस्था पहिलेदेखि नै नाजुक रहेको थियो। अस्पताल ल्याउँदा शिशुको शरीर चिसो भइसकेको थियो। भर्ना गर्दा पल्स अक्सिमिटरमा अक्सिजनको लेभलसमेत रेकर्ड भएको थिएन। त्यसैका आधारमा स्वास्थ्यकर्मीहरूले ‘बच्चा त छैन जस्तो छ’ मात्र भनेका थिए। भन्न नपाउँदै अभिभावकले हतारहतार शिशुलाई अस्पतालबाट निकालेर लगेका हुन् । त्यसपछि बच्चाको थप उपचार सुरु गर्नै सकिएन।’

चिकित्सकले आफ्नो कुरा राख्न नपाउँदै अभिभावकले हतारहतार बच्चा झिकेर लगेको देखिएको छानबिन समितिका संयोजक अस्पतालका बालरोग विशेषज्ञ डा प्रवीणकुमार झाले बताए। विराटनगर १० मा रहेको माइती घरबाट उमादेवी मुखियाले छोरीलाई एम्बुलेन्समा राखेर कोसी ल्याएकी थिइन्।

कोसी अस्पतालको इमरजेन्सी वार्डमा भर्ना गरेको केही समय पछि डा आकाश यादवसहितका चिकित्सकले मृत घोषित गरेर गम्भीर लापरबाही गरेको पीडित पक्षको दाबी थियो। मोरङको जहदा गाउँपालिकाको वडा नम्बर ३ घर भएपनि उनी बच्चा जन्मिएपछि माइतीघर विराटनगर आएकी थिइन्।

अस्पतालले मृत घोषित गरेपछि दाहसंस्कारका लागि घर लगेपनि शिशुले श्वास फेरिन्। यसअघि श्वासप्रश्वासमा समस्या देखिएपछि मुखिया दम्पत्तिले कोसी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका थिए।
प्राप्त जानकारी अनुसार गोल्डेन भर्ना गर्दा शिशुमा सेतो तथा रातो रगतको कमी, निमोनिया, मिर्गौलाले काम नगरेको तथा इन्फेक्सन लगायतका समस्याहरू देखिएको थियो । शिशुको माघ १० गते गोल्डेनमा उपचारको क्रममा मृत्यु भएको छ।

प्रकाशित: १४ माघ २०७९ १४:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + twenty =