कर्णालीमा दरबन्दी अनुसारको प्रहरी नहुँदा सास्ती

रमा केसी १३ माघ २०७९ १७:३८
38
SHARES
कर्णालीमा दरबन्दी अनुसारको प्रहरी नहुँदा सास्ती

सुर्खेत– कर्णाली प्रदेशमा दरबन्दीअनुसार प्रहरीको संख्या नहुँदा समस्या थपिएको छ। अहिले पनि पुरानै दरबन्दीअनुसार कै प्रहरी रहेकोले नयाँ दरबन्दी कायम गरेर प्रहरी जनशक्ति परिचालन गर्न समस्या देखिएको हो।

सञ्चारकर्मी भेटघाट कार्यक्रममा प्रदेश प्रहरी प्रमुखले कम जनशक्तिका कारण प्रहरी परिचालनमा समस्या हुने गरेको बताएका हुन्। कर्णालीमा प्रहरी दरबन्दी संख्या ६०२ सय ७९ जनाको रहेको छ तर, पाँच हजार ४९८ जना कार्यरक्त छन्। पुरानो दरबन्दीमा पनि ७ सय ८१ जना प्रहरी कर्णालीमा कम छन्।

जनसंख्या वृद्धिसँगै यहाँ सडक, सवारी र अपराधिक घटना दिनानुदिन बढीरहेको अवस्थामा पुरानो प्रहरी दरबन्दी निकै न्यून रहेको छ । प्रहरी चौकीहरू कर्णालीमा निकै कम छन्। प्रहरी चौकीहरू इलाका प्रहरी चौकीमा स्तरउन्नती हुनुपर्ने अवस्थामा छन् तर, पुरानै दरवन्दीमा त्यस्ता प्रहरी चौकीहरूबाट जनतालाई सेवा दिनुपर्ने कर्णालीमा प्रहरीको बाध्यता रहेको छ।

मुख्यत: कर्णालीमा लागूऔषध कारोबार, प्रयोगकर्ता दिनानुदिन बढ्नु, सडकको अवस्था नाजुक हुनु, सिट क्षमताभन्दा बढी यात्रु, बसपार्कमा यात्रुहरूलाई ठगी, चोरीका घटनाहरू बढ्नु, आत्महत्याका घटना बढ्नु लगायतका समस्याहरू कर्णालीमा रहेको संञ्चारकर्मीहरूले कर्णाली प्रदेश प्रहरी कार्यालयमा नयाँ सरुवा भएर आएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाललाई जानकारी दिए।

डीआईजी ढकालले आफू कर्णालीमा देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता समेत जनाएका छन्। माघ ११ गते कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा भएर पदभार ग्रहण गरेका डिआईजी ढकालले सञ्चारकर्मी लगायतका नागरिक अगुवाहरुसंग सुझाव तथा कर्णालीका समस्याहरूका बारेमा बुझेका छन्।

कर्णालीमा हुनुपर्ने प्रहरीका कार्यालयहरु लुम्बिनी प्रदेशबाट सञ्चालित कार्यालयहरू कर्णालीमै आफ्नो कार्यकालमा फर्काउन सञ्चारकर्मीहरूले डीआईजी ढकाललाई सुझाव दिए।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, कर्णाली प्रदेश दंगा नियन्त्रण, संघिय प्रहरी कार्यालय, अनुसन्धानका लागि कुकुर शाखा र प्रहरी ब्याण्डलगायतका कार्यालयहरू लुम्विनी प्रदेशको कोहलपुर र नेपालगंजबाट कर्णालीमा अँझै ल्याउन सकिएको छैन्।

प्रहरीले शान्ति सुरक्षा र जनताहरुको धनजनको सुरक्षाका लागि चौविसै घण्टा काम गर्ने कार्यक्रममा जानकारी दिए। ट्राफिक जनशक्ति कर्णालीमा धेरै कम भएको हुँदा जनशक्ति बढाउनुपर्ने सुझावसमेत डीआईजी ढकाललाई दिइएको छ।

प्रकाशित: १३ माघ २०७९ १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =