१ हजार १०० ले घट्यो सुनको मूल्य

हिमाल प्रेस १३ माघ २०७९ १२:४५
2
SHARE
१ हजार १०० ले घट्यो सुनको मूल्य फाइल तस्बिर

 काठमाडौँ- शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

बिहीबार हालसम्मकै उच्च मूल्य १ लाख ६ हजार ९०० मा कारोबार भएको थियो।

आज प्रतितोला १ लाख ५ हजार ८०० मा कारोबार भइरहेको छ। यो बिहीबारभन्दा १ हजार १०० रुपैयाँले कम हो। आज छापावाल सुनको मूल्य पनि घटेको छ।

बिहीबार तोलाको १ लाख ६ हजार ४०० मा कारोबार भएको छापावाल सुन आज १ लाख ५ हजार ३०० मा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ३८० कायम भएको छ।

प्रकाशित: १३ माघ २०७९ १२:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + sixteen =