पद्मकन्या विद्याश्रमको हीरक महोत्सव

हिमाल प्रेस १३ माघ २०७९ ७:१०
118
SHARES
पद्मकन्या विद्याश्रमको हीरक महोत्सव

काठमाडौँ- काठमाडौँको डिल्लीबजारस्थित पद्ममकन्या विद्याश्रमले हीरक महोत्सव मनाएको छ। विद्यालयले तीन दिनसम्म विभिन्न औपचारिक कार्यक्रम गरी महोत्सव मनाएको हो।
पद्ममकन्या विद्याश्रम माध्यमिक विद्यालयद्वारा आफ्नो हीरक महोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै शिक्षामन्त्री शिशिर खनालले अबको शिक्षालाई व्यावसायिक बनाएर उत्पादनसँग जोडनुपर्ने बताए।

मन्त्री खनालले नयाँ शिक्षाले समाजमा उद्यमशीलताको विषयलाई प्राथमिकतामा राख्न सकेमा मुलुकको विकास र समृद्धि कायम गर्न सकिनेमा जोड दिए।

बागमती प्रदेशका सभामुख भुवन पाठकले तत्कालीन समयमा पनि पद्मशम्शेरले छात्राका लागि मात्र शिक्षा प्रदान गर्न अलग्गै विद्यालय खोल्ने कार्य आफैँमा क्रान्तिकारी कदम भएको विचार व्यक्त गरे।

उनले विद्यालयले उत्पादन गरेका दक्ष जनशक्तिले प्रजातन्त्र स्थापनाका लागि प्रवाह गरेको ज्ञानबाट २००७ को क्रान्तिलाई सफल बनाउन बलियो आधार तयार गरेको उल्लेख गर्दै विद्यालयलाई थप व्यवस्थित बनाउनपर्ने बताए।

प्रधानाध्यापक रीता तिवारीले विद्यालयको ऐतिहासिक पक्षलाई जगेर्ना गर्दै समाजको परिवर्तित अवस्थामा समयसापेक्ष विद्यार्थीलाई शिक्षा उपलब्ध गराउनुपर्ने बताए।

हीरक महोत्सवका अवसरमा शैक्षिक एवम् अतिरिक्ति क्रियाकलापमा उत्कृष्ट विद्यार्थी सम्मानित भएका थिए। यस्तै दीर्घसेवी शिक्षक, कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारीहरूलाई पनि शिक्षामन्त्री खनालले पुरस्कृत गरे।

हीरक महोत्सवका अवसरमा विद्यालयमा विज्ञान प्रदर्शनी आयोजना गरिएको थियो। उक्त प्रदर्शनीमा विभिन्न विद्यालयका बालबालिका सहभागी थिए। महोत्सव अवलोकनका लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह लगायत विद्यालयमा पुगेका थिए।

यस्तै महोत्सवकै अवसरमा विद्यालयले प्रभातफेरी आयोजना गरेको थियो।

नर्सरीदेखि १२ सम्म अध्यापन गराइने विद्यालयमा करिब आठ सय विद्यार्थी अध्ययनरत छन्। २००४ मा सुधारवादी प्रधानमन्त्री पद्मशम्शेरले सञ्चालन गरेको विद्यालयले हाल उच्च शिक्षामा मानविकी, शिक्षाशास्त्र, वाणिज्य, इन्जिनियरिङ, सौन्दर्यशास्त्र  लगायत विषयमा अध्यापन गराउँदै आएको छ।

७५ वर्षअघि कन्या स्कुलमा स्त्री शिक्षक चाहिएको विज्ञापन

 

प्रकाशित: १३ माघ २०७९ ७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =