शक्ति सन्तुलनका लागि पनि कांग्रेसले राष्ट्रपति पाउनुपर्छ : महामन्त्री थापा

हिमाल प्रेस १३ माघ २०७९ ६:५३
46
SHARES
शक्ति सन्तुलनका लागि पनि कांग्रेसले राष्ट्रपति पाउनुपर्छ : महामन्त्री थापा फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शक्ति सन्तुलनका लागि राष्ट्रपति नेपाली कांग्रेसले पाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेस तनहुँले बिहीबार गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै थापाले राष्ट्रिय सहमतिको आधारमा कांग्रेसले राष्ट्रपति पाउनुपर्ने दाबी गरेका हुन्।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख फरकफरक पार्टीको हुँदा शक्ति सन्तुलनमा आउने हुँदा राष्ट्रिय सहमतिमा कांग्रेसले राष्ट्रपति पाउनुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री माओवादी केन्द्रबाट र सभामुख एमालेबाट भएका छन्। नेपाली कांग्रेसले राष्ट्रपति पाउने आसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। सोही आधारमा कांग्रेस नेताहरू राष्ट्रपति पद आफूले पाउनुपर्ने दाबी गर्दै आएका छन्।

थापाले निर्वाचनअघि माओवादीसँग गठबन्धन गरिएको आधारमा पनि कांग्रेसले उम्मेदवार बनाएको व्यक्तिलाई माओवादीले समेत मत हाल्नुपर्छ भन्ने कांग्रेसको धारणा रहेको बताए।

उनले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेपछि स्वाभाविक रूपमा कांग्रेसका उम्मेदवारलाई माओवादीले राष्ट्रपतिमा सघाउनुपर्छ।’ नेपाली कांग्रेसबाट राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्ने विषयमा कांग्रेसले चाँडै निर्णय गर्ने महामन्त्री थापाको भनाक्ष् छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fifteen =