भलिबल महिलामा एपीएफ र आर्मी फाइनलमा

हिमाल प्रेस १२ माघ २०७९ १९:५८
भलिबल महिलामा एपीएफ र आर्मी फाइनलमा

पोखरा– एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब पोखरामा जारी तेस्रो टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ फाइनल प्रवेश गरेका छन्। ४ टिमले भाग लिएको प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेश र न्यु डायमन्ड उपाधि होडबाट बाहिरिए।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा बिहीबार पहिलो सेमिफाइनलमा एपीएफले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेको हो। खेलमा २५-१३, २५-१७ र २५-२१ को सेटमा जीतमा हात पारेको हो। खेलमा एपीएफकी निरुता ठगुन्ना प्लेयर अफ दी म्याच र आरती सुवेदी स्पाइकर अफ दी म्याच बनिन्। एपीएफ साविक विजेता हो।

यसैगरी, दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले न्यु डायमण्डलाई ३-१ को सेटमा हराउँदै एपीएफसँग फाइनल भेट सुनिश्चित गरेको हो। पहिलो सेट २३-२५ ले गुमाएकोमा उसले पछिल्ला सेट २५-१३, २५-२२ र २५-१२ मा जीत हासिल गरेको हो।

खेलमा डायमण्डकी प्रगति नाथ प्लेयर अफ दी म्याच र आर्मीकी साफिया पुन स्पाइकर अफ दी म्याच घोषित भइन्।

उता, पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ। एपीएफ क्लब, त्रिभुवन आर्मी, गण्डकी प्रदेश र पुलिस क्लब अन्तिम ४ मा पुगेका हुन्। पाहुना टोली सेन्ट जोशेफ भने बाहिरियो। सबै चार खेल जिदै सर्वाधिक १२ अंकका साथ शीर्षमा रहेको एपीएफले मात्र २ अंक जोडेको नेपाल पुलिससँग सेमिफाइनल खेल्नेछ।

८ अंक जोड्दै दोस्रो स्थानको गण्डकी प्रदेशले अंक तालिकाको तेस्रोमा रहेको त्रिभुवन आर्मीसँग अर्को सेमिफाइनल खेल्नेछ।

बिहीबारको खेलमा गण्डकी प्रदेशले सेन्ट जोशेफ वाज स्पोर्ट्स क्लबलाई ३-० सोझो सेटमा हरायो। जसमा २६-२४, २५-१४ र २५-२३ स्कोर कायम भयो। गण्डकीका विवश आले प्लेयर अफ दी म्याच र हिमाल सुनारी स्पाइकर अफ दी म्याच चुनिए।

त्रिभुवन आर्मीले नेपाल पुलिसलाई सोझो सेटमा हरायो। आर्मीले २५-१७, २५-१९ र २५-२३ सेटमा पुलिसलाई हराउँदै अंक तालिकामा दोस्रो स्थानसहित फाइनल प्रवेश भिडन्त सुनिश्चित गरेको हो। प्रतियोगितामा आर्मीका धनबहादुर भट्ट क्षेत्री प्लेयर अफ दी म्याच र राजेन्द्र विष्ट स्पाइकर अफ दी म्याच भए।

शुक्रबार पुरुषतर्फ पहिलो सेमिफाइनलमा एपीएफ र नेपाल पुलिस तथा दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ। महिलातर्फ तेस्रो स्थानका लागि न्यु डायमण्ड र गण्डकी प्रदेश भिड्ने छन्। फाइनल शनिबार हुनेछ। जसमा अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी र हास्यकलाकार जितु नेपालको उपस्थिति रहने आयोजकले जनायो।

प्रकाशित: १२ माघ २०७९ १९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =