पोखरा पुग्यो ‘भक्ते’

हिमाल प्रेस १२ माघ २०७९ १५:४१
48
SHARES
पोखरा पुग्यो ‘भक्ते’

काठमाडौँ- पत्रकार तथा साहित्यकार कनकमणि दीक्षितद्वारा लिखित बालपुस्तक ‘धूमधामको घुमघाम’मा आधारित नाटक पोखरामा मञ्चन हुने भएको छ।

पोखरा, गैह्रापाटनस्थित पोखरा थिएटरमा नाटक मञ्चन हुनेछ। माघ २१, २२ र २३ गरी तीन दिन नाटक मञ्चन गरिनेछ।

‘धूमधामको घुमघाम’ दीक्षितको अंग्रेजी पुस्तक ‘एड्भेन्चर्स अफ अ नेपाली फ्रग’को नेपाली संस्करण हो। किताबमा आधारित यस नाटकले नेपाल भ्रमणमा निस्किएको एक भ्यागुतो भक्तेको यात्रालाई देखाउँछ।

आयुष निरौलाको नाट्य रूपान्तरण रहेको छ भने आकांक्षा कार्कीको परिकल्पना र निर्देशन छ।

गण्डकी प्रदेश, विद्यालय स्तरीय तेस्रो नाटक महोत्सव-२०७९ मा ‘धूमधामको घुमघाम’ देखाइनेछ। नाटक महोत्सव माघ १४ देखि २१ सम्म चल्नेछ।

नाटक महोत्सवमा ‘करेसा कल्सर्ट’, ‘गुलेली मास्टर’, ‘तुलसी’, ‘जल्न नसकेको लाश’, ‘दूर देशको भिर गाथा’, ‘आमाको माया’, ‘मुक्ति’, ‘कन्यादान’, ‘विदेशको मोह’, ‘जिम्मेवारी’, ‘छुने नजर’, ‘परिवर्तनपुर’, ‘महिनावारी’, ‘प्रत्यागमन’, ‘पश्चाताप’, ‘चित्कार’, ‘यात्रा राजधानीको’, ‘जिउँदा अवशेषहरू’, ‘समय पीडा’, ‘लौ आया ताजा खबर’ लगायत नाटक मञ्चन हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =