जापानी तटमा डुब्यो जहाज, ६ चिनियाँसहित आठ जनाको मृत्यु

हिमाल प्रेस १२ माघ २०७९ १५:३७
4
SHARES
जापानी तटमा डुब्यो जहाज, ६ चिनियाँसहित आठ जनाको मृत्यु तस्बिरः द कोरिया कोस्ट गार्ड/योन्ह्याप, रोयटर्स

बेइजिङ- जापानी तटमा एउटा जहाज डुब्दा ६ जना चिनियाँ नागरिकसहित आठ जनाको मृत्यु भएको छ। चिनियाँ कूटनीतिज्ञले बिहीबार सञ्चारमाध्यमलाई जानकारी दिँदै जहाज डुबेको जानकारी दिएका हुन्।

सो कार्गो जहाजले मंगलबार साँझ जापानको दुर्गम र बसोबास नभएको डान्जो टापुहरूबाट करिब ११० किलोमिटर पश्चिममा रहेको स्थानमा आफू संकटमा रहेको संकेत पठाएको थियो।

जापानको कोस्ट गार्ड र सेनाका जहाज, विमानहरू, साथै दक्षिण कोरियाली तटरक्षक र निजी जहाजहरू उद्धारमा जुटेका थिए। १३ जना चालकदलका सदस्यहरूलाई पानीबाट बाहिर निकालिएको थियो। फेला परेका १३ जनामध्ये आठ जनाको मृत्यु भएको पुष्टि भएको छ।

तीमध्ये ६ जना चिनियाँ रहेका फुकुओका सहरमा रहेका चिनियाँ कन्सुल जनरल लु गुइजुनले चिनियाँ सञ्चारमाध्यम सीजीटीएनलाई बताएका छन्। -रासस/एएफपी

प्रकाशित: १२ माघ २०७९ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =