जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

हिमाल प्रेस १२ माघ २०७९ १५:०१
4
SHARES
जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

जुम्ला– हिमपातले यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ। मंगलबारदेखि लगातारको हमपातले यहाँको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन्।

हिउँ लगातार परेकाले विद्युत् प्रसारण लाइन बनाउन निकै कठिन भएको छ। हिमपातले चन्दननाथ नगरपालिकाको मिचा, तिला गाउँपालिकाको दानसाँघु र कालीकोटको फाईमहादेवका ठाउँठाउँमा विद्युत्का खम्बा र तारमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए।

‘विद्युतमा क्षति पुगेको ठाउँमा कर्मचारी खटाएका छौँ, हिमपातले काम गर्न कठिन भएको छ, कालीकोट र जुम्ला विद्युत् प्राधिकरणका प्राविधिक कर्मचारीले अवरुद्ध विद्युतको काम गरिसकेपछि मात्र विद्युत् सेवा सञ्चालनमा आउँछ,’ उनले भने।

विद्युत् अवरुद्ध भएपछि खलंगालगायत प्रसारण लाइन पुगेका गाउँका ग्राहक प्रभावित भएका छन्। हिमपातका कारण जुम्ला पुरै हिउँले सेताम्य भएको छ। सो हिमपातले हिउँले बालीनालीदेखि स्याउका बिरुवालाई राहत हुने भएपछि किसानलाई राहत भएको कृषि विकास कार्यालयले जनाएको छ।

प्रकाशित: १२ माघ २०७९ १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 8 =