वनमा भयो ‘चुलाचुली नाट्य उत्सव’

हिमाल प्रेस १२ माघ २०७९ १४:०२
8
SHARES
वनमा भयो ‘चुलाचुली नाट्य उत्सव’

इलाम- चुलाचुली रंगमञ्चले आयोजनामा गरेको ‘चुलाचुली पाठशाला नाट्य उत्सव २०७९’ सकिएको छ।

दुईदिने नाट्य उत्सव माघ १० र ११ मा भएको थियो। चुलाचुली रंगमञ्चद्वारा आयोजित नाटक उत्सवको यो दोस्रो संस्करण हो। ‘विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी’ नाराका साथ नाटक उत्सव भएको थियो।

उत्सवमा ‘मेला’, ‘वातावरण’, ‘छोरी मान्छे भएर’, ‘ख बाट’, ‘चकलेट’, ‘द वर्ड’, ‘पुनर्जीवन’, ‘यो मेरो कथा नहुन सक्छ’, ‘साइडइफेक्ट’ लगायत नाटक मञ्चन भएका थिए।

इलामको चुलाचुली-३ स्थित शिवओरक मिलनपोखरी वनमा नाटक महोत्सव आयोजना गरिएको थियो। उत्सवमा प्रकृति र पर्यावरणसँग सम्बन्धित नाटक देखाइएका थिए। नाटकमा विभिन्न विद्यालयका विद्यार्थी सहभागी भएका थिए।

जंगलको बीचमा मञ्च बनाएर नाटक मञ्चन भयो। त्यहाँ नाटक मञ्चनमात्र नभई नाटक र चित्रकला कार्यशालासमेत भएको थियो। नाटकमा सहभागीहरूले रंगकर्मीसँग अन्तरक्रियासमेत गरेका थिए।

नाटक उत्सवमा रंगकर्मी विजय बराल, कलाकार किरण सिग, विजय लावती र आयशा लिम्बूले कार्यशाला सञ्चालन गरेका थिए।

रंगकर्मी विजय बरालले उत्सवमा रंगकर्मको मौलिक स्वाद चाख्न पाएको बताए। ‘मैले भोगेका अहिलेसम्मका जीवनका रंगहरू, स्टेजका रंगहरू, चरित्रका रंगहरूमध्ये नै एउटा खास रंगकर्मको मौलिक स्वाद चाख्न पाएँ,’ उनले भने, ‘यो विशेष रंगउत्सव हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 9 =