महासंघ स्थानीय उद्यमीसँगको सहकार्यमा अघि बढ्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

हिमाल प्रेस १२ माघ २०७९ १३:१६
8
SHARES
महासंघ स्थानीय उद्यमीसँगको सहकार्यमा अघि बढ्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ स्थानीय उद्यमी व्यवसायीको सहकार्यमा अगाडि बढ्ने बताएका छन्।

इटहरी उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै ढकालले महासंघ हरेक एजेण्डामा जिल्ला/नगर उद्योग व्यवसायी संघहरूसँगै रहने प्रतिबद्धता व्यक्त गरेका हुन्।

वरिष्ठ उपाध्यक्ष ढकाल केही समयमै नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदैछन्। ‘हामी सबै मिलेर देशको आर्थिक विकासको लागि अघि बढ्नु छ,’ उनले भने, ‘जिल्ला/नगरका व्यवसायी साथीहरूले सम्भावना बोकेको योजना ल्याउनुभयो भने महासंघले सहकार्य गर्छ।’

ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले कर्जाको ब्याजदर कुनै एउटा बैंक तथा वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रमा नहुने बताएका छन्।
‘कर्जाको ब्याजदरमा विभिन्न आन्तरिक तथा बाह्य विषयको प्रभाव रहन्छ,’ उनले भने, ‘यसमा कुनै निकाय वा बैंक विशेषलाई मात्रै दोष दिनु हुँदैन।’

ढकालको बैंकका साथै विभिन्न व्यवसायमा लगानी छ। उनले ब्याजदर घट्दा आफूलाई समेत फाइदा हुने बताए। उनले भने, ‘बैंकले दिने प्रतिफलभन्दा अन्य व्यवसायबाट आउने प्रतिफल धेरै हुन्छ। त्यसकारण ब्याजदर घट्दा मलाई पनि राहत हुन्छ।’

प्रकाशित: १२ माघ २०७९ १३:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 7 =