बैतडीमा महिला टि२० क्रिकेट

हिमाल प्रेस १२ माघ २०७९ ११:३२
4
SHARES
बैतडीमा महिला टि२० क्रिकेट

बैतडी- सहिद दिवसको पूर्वसन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा सञ्चालित नगरस्तरीय महिला टि२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ।

वर्षाले मंगलबार र बुधबारका चारवटा खेल अवरुद्ध भएका थिए। अवरुद्ध खेल आजदेखि खेलाउन थालिएको प्रतियोगिता संयोजक वीरसिंह बोहराले जानकारी दिए। आज दशरथचन्द नगरपालिका–२ देहिमाडौँ र दनपा–५ दशरथ चन्द तथा दनपा–१० बाराकोट र दनपा–११ नागार्जुन भिड्दै छन्।

दशरथचन्द नगरपालिकाको वार्षिकी कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो। नगरका सात टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ तथा उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्ने दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिए।

प्रकाशित: १२ माघ २०७९ ११:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =