नबिलका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलमा छुट

हिमाल प्रेस ११ माघ २०७९ १८:३९
नबिलका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलमा छुट

काठमाडौँ- नबिल बैंक लिमिटेडले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुट योजना ल्याएको छ।

बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो।

यसअनुसार नबिल बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट विद्युतीय सामग्री खरिदमा २० प्रतिशत छुट पाउने छन्।

छुट पाउनको लागि नबिल बैंकको कार्डमार्फत् भुक्तानी गर्नुपर्नेछ। नबिल बैंकका देशभर २४० शाखा र २८० एटीएम छन्।

प्रकाशित: ११ माघ २०७९ १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fourteen =