महालक्ष्मी लाइफको स्वरोजगार कार्यक्रम, ७०० महिला लाभान्वित

हिमाल प्रेस ११ माघ २०७९ १७:३९
32
SHARES
महालक्ष्मी लाइफको स्वरोजगार कार्यक्रम, ७०० महिला लाभान्वित

काठमाडौँ- संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सञ्चालन गरेको ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’को पहिलो चरणको एक महिने कार्यक्रम सम्पन्न भएको छ।

कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पुस ४ गते सौराहामा कार्यक्रमको सुरुवात गरेका थिए। त्यसपछि पुस ११ गते रुकुम पश्चिमबाट महिलाहरूको रोजगारी र समृद्धिको नारासहित तालिम कार्यक्रम सञ्चालन गरिएको थियो।

२१ जिल्लामा गरिएको कार्यक्रम माघ १० गते लमजुङ र गोरखामा गरेर सम्पन्न भएको छ। ७०० जना महिला सहभागी कार्यक्रम दाङ, चितवन, नवलपुर, रुपन्देही, पाल्पा, कञ्चनपुर, म्याग्दी, पर्वत, मकवानपुर, रौतहट, धनुषा, सुनसरी, झापा, तनहुँलगायत जिल्लामा सञ्चालन भएको थियो।

फागुन र चैतमा दोस्रो चरणको कार्यक्रम गर्ने कम्पनीले जनाएको छ। दोस्रो चरणमा एक हजार महिलालाई सहभागी गराउने कम्पनीले तयारी गरेको छ।

प्रकाशित: ११ माघ २०७९ १७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =