मानव बेचबिखन र बाल यौन दुरुपयोगको मुद्दामा मनोज पाण्डे दोषी ठहर

हिमाल प्रेस १० माघ २०७९ २०:२९
46
SHARES
मानव बेचबिखन र बाल यौन दुरुपयोगको मुद्दामा मनोज पाण्डे दोषी ठहर

काठमाडौँ- मानव बेचबिखन र बाल यौन दुरुपयोगको मुद्दामा मनोजकुमार पाण्डे दोषी ठहर भएका छन्। कन्सल्टेन्सी व्यवसायी पाण्डेविरुद्धको मानव बेचबिखनको मुद्दामा काठमाडौं जिल्ला अदालतले पाण्डेलाई दोषी ठहर गरेको हो।

२०७० सालमा एक किशोरीलाई बाल यौन दुरुपयोग तथा विभिन्न स्थानमा लगी शारीरिक शोषण गरेको अभियोगमा पाण्डेविरुद्ध मानव बेचबिखन र बाल यौन दुरुपयोगको मुद्दा दायर भएको थियो। पाण्डे गत जेठदेखि थुनामा छन्।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार मंगलबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई दुवै कसुरमा दोषी ठहर गरेको हो।

पाण्डेविरुद्धको बाल यौन दुरुपयोगमा ६ महिनाको कैद, पाँच हजार रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको छ। त्यसैगरी मानव बेचबिखनको मुद्दामा समेत पाण्डे दोषी ठहर भएका छन्। दोषी ठहर भए पनि सजाय निर्धारणका लागि भने माघ २३ गतेको अर्को पेसी तोकिएको छ।

प्रकाशित: १० माघ २०७९ २०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twenty =