बन्द गरियो ‘जेल रेष्टुरेण्ट’, एयरगन र पासो बरामद

हिमाल प्रेस १० माघ २०७९ ९:२६
10
SHARES
बन्द गरियो ‘जेल रेष्टुरेण्ट’, एयरगन र पासो बरामद

भैरहवा– भैरहवाको देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्टमा सोमबार जिल्ला प्रशासन कार्यालयले छापा मारेको छ। प्रशासनले त्यहाँबाट हत्कडी, बन्दुकजस्तो देखिने एयरगन र फासी लगाउन प्रयोग गरिने पासो बरामद गरेको छ। आत्महत्या प्रोत्साहन गरेको भन्दै प्रशासनले सो सो रेष्टुरेण्ट बन्द गराएको छ।

सो रेष्टुरेण्टमा आउने ग्राहकलाई लक्षित गरी रेष्टुरेण्टको कोठा जेलको आकारमा बनाएको, हत्कडी लगाउने र आत्महत्या गर्न प्रोत्साहन गर्ने खालको क्रियाकलाप गरेको पाइएकाले रेष्टुरेण्ट बन्द गराएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए। उनले स्थानीय सञ्चारमाध्यमबाट सो रेष्टुरेण्टबारे जानकारी भएको र अनुगमन गर्दा कैफियत देखिएको कारण बन्द गराइएको बताए।

फरक प्रकृतिको देखिने भएकाले पछिल्लो समय सो रेष्टुरेण्ट चर्चित भएको थियो। यस्तै प्रकृतिका रेष्टुरेन्ट भारतमा पनि खोलिएको छ।

सहायक प्रजिअ अर्यालले सञ्चालकलाई रेष्टुरेण्ट बन्द गर्न लगाइ आज (मंगलबार) जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न भनेको बताए। उनले यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गर्ने जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =