अफगानिस्तानमा शीतलहरका कारण १०० भन्दा बढीको मृत्यु

हिमाल प्रेस १० माघ २०७९ ६:१५
6
SHARES
अफगानिस्तानमा शीतलहरका कारण १०० भन्दा बढीको मृत्यु

काठमाडौँ– अफगानिस्तानमा गत दुई हप्तामा चिसो मौसम र कार्बन मोनोअक्साइड विषाक्तताका कारण १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। विभिन्न प्रान्तहरूमा कम्तीमा १०४ जनाको मृत्यु भएको छ भने ५० घरहरू क्षतिग्रस्त भएका छन्, तालिबान नेतृत्वको मन्त्रालयका प्रवक्ता शफे रहीमीले बताएका छन्।

अफगानिस्तानको घोर प्रान्तका स्थानीय अब्दुल जाहिरले चिसो मौसमका कारण आफूले एक सन्तान गुमाएको र अहिले गम्भीर आर्थिक अवस्था झेलिरहेको बताएका छन्। ‘मेरा सबै बच्चाहरू बिरामी छन्। तिनीहरूमध्ये एकको मृत्यु भयो र अरू तीनजना अस्पतालमा छन्,’ उनले भने।

टोलो न्यूजका अनुसार कमजोर आर्थिक अवस्था भएका परिवारहरू प्रायः यस मौसममा अत्यधिक चिसोको सिकार हुने गर्दछन्। ‘धेरै परिवारसँग खानेकुरा, पिउने पानी र अन्य आधारभूत कुराहरू केही पनि छैन,’ फर्याब प्रान्तका बासिन्दा मोहम्मद अजिमले भने।

तालिबान नेतृत्वको सूचना तथा संस्कृति मन्त्रालयको तथ्यांकअनुसार विगत दुई हप्तामा चिसोका कारण दशौं हजार गाईवस्तु मरेका छन्। -रासस

प्रकाशित: १० माघ २०७९ ६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =