सशस्त्रको साधनस्रोत, तालिम र प्रोत्साहनप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस ९ माघ २०७९ १९:२७
4
SHARES
सशस्त्रको साधनस्रोत, तालिम र प्रोत्साहनप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरीका आवश्यक साधनस्रोत, सीप तालिम र प्रोत्साहनको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। २२ औं सशस्त्र प्रहरी दिवसका अवसरका मुख्यालय हलचोकमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘०७२ सालको विनाशकारी महाभूकम्पलगायत विपदमा तपाईंहरू खटिएर जनताको जीवन रक्षाका लागि कर्तव्यनिष्ठ भएर काम गर्नुभएको छ। सीमित साधनस्रोत र चुनौतीबीच सुरक्षा र विपद् व्यवस्थामा तपाईंहरूको सक्रियताको म मुक्तकण्ठले प्रशंसा गर्दछु,’ उनले भने, ‘तपाईंहरूलाई हातहतियार, गोलीगठ्ठा, आवास एवम् लजिस्टिकका सामानहरू, विपद् व्यवस्थापनका सामानहरू, सवारी साधन, भौतिक पूर्वाधारलगायत आवश्यक उपकरणहरू र जनशक्तिको लागि सरकारको तर्फबाट यथासम्भव पहल हुनेसमेत विश्वास दिलाउँछु।’

हिमालदेखि तराईका विभिन्न सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको महत्त्वपूर्ण योगदान रहेको प्रधानमन्त्रीको भनाइ छ।

‘संवैधानिक सर्वोच्चता र कानुनी शासनको मान्यतालाई आत्मसात गर्दै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता रक्षा एवम् मानव अधिकारको पूर्ण पालना र भ्रष्टाचार तथा लैंगिक विभेदमा शून्य सहनशीलताका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्दै जनताको मन मष्तिस्क जित्ने गरी कार्यक्षेत्रमा खटिँदै देश र जनताको सेवा र सुरक्षा प्रदान गर्ने कार्यमा तपाईंहरूलाई सफलता मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु,’ उनले भने।

प्रकाशित: ९ माघ २०७९ १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + thirteen =