राष्ट्रपति निर्वाचन फागुन २५ गतेका लागि प्रस्ताव

हिमाल प्रेस ९ माघ २०७९ १७:४०
4
SHARES
राष्ट्रपति निर्वाचन फागुन २५ गतेका लागि प्रस्ताव फाइल तस्बिर

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते गर्न प्रस्ताव गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोमबार भएको भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो प्रस्ताव राखेका हुन्।

प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा भएको भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो प्रस्ताव गरेको स्रोतले जानकारी दियो।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिँदैछ। त्यो दिन नयाँ राष्ट्रपति हामीले पदबहाली गर्न मिल्ने गरी संविधान र कानुनअनुसार अर्को राष्ट्रपति पुर्‍याउने गरी निर्वाचन गर्नुपर्ने हुन्छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ४ मा निर्वाचन आयोगले राष्ट्रपति पदको पदावधि सकिनुभन्दा एक महिनाअघि वा अन्य कुनै कारणले सो पद रिक्त हुन आएमा त्यस्तो पद रिक्त भएको मितिले एक महिनाभित्र निर्वाचन हुने गरी निर्वाचन मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =