साबालेङ्का र भेकिच पहिलोपल्ट अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा

हिमाल प्रेस ९ माघ २०७९ १०:१२
6
SHARES
साबालेङ्का र भेकिच पहिलोपल्ट अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा

काठमाडौँ- एरिना साबालेङ्का पहिलो पटक अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्। विश्व वरीयताको पाँचौँ स्थानमा रहेकी साबालेङ्काले सोमबार बिहान चौथो चरणको खेलमा बेलिन्डा बेनसिचलाई पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेकी हुन्।

साबालेङ्कासँगै माग्दा लिनेट र डोन्ना भेकिच र क्यारोलिना प्लिस्कोभा पनि अन्तिम आठमा पुगे। सेमिफाइनल प्रवेशका लागि साबालेङ्का र भेकिच अनि प्लिस्कोभा र लिनेटबीच प्रतिस्पर्धा हुनेछ।

मेलबर्न पार्ककको मुख्य रंगशाला रोड लेभर साबालेङ्काले बेनसिचमाथि ७–५, ६–२ को अन्तरमा जित हासिल गरिन्। ‘यो सफलताका कारण एकदम खुसी छु। बेनसिच जस्ती प्रतिभावान खेलाडीलाई पराजित गर्न सजिलो थिएन। उनले मविरुद्ध बलियो प्रदर्शन गरिन्,’ पछिल्ला दुई संस्करणमा चौथो चरणबाटै बाहिरिएकी बेलारुसी स्टार खेलाडी साबालेङ्काले भनिन्।

साबालेङ्काले पछिल्लो समय आफू नकारात्मक विचारबाट गुज्रिरहेको र यसले प्रदर्शनलाई हानी नपु¥याओस् भनेर सचेत रहेको पनि बताइन्। ‘यो कुरा बुझ्न मलाई धेरै समय लाग्दैन। बाहिर जे जे भइरहेको भए पनि कोर्टभित्र म आफूलाई सम्हाल्ने प्रयत्न गर्छु,’ साबालेङ्काले भनिन्।

आफ्नो फिटनेसमा पनि सुधार आएको उनको भनाइ छ। ‘प्रिसिजनमा निकै मेहनत गरेको थिएँ। अहिले त्यसले फाइदा भएको छ,’ दुई पटक यूएस ओपनको सेमिफाइनलमा पुगेको साबालेङ्काले खुसी व्यक्त गरिन्।

पहिलो पटक ग्रान्डस्लामको क्वार्टरफाइनलमा स्थान बनाएकी पोल्यान्डकी लिनेटले विश्व नम्बर चार क्यारोलिन गार्सियामाथि ७–६ (७÷३), ६–४ को जित हासिल गरिन्।

साबालेङ्का जस्तै पहिलो पटक अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा पुग्न क्रोएसियाकी भेकिचले लिन्डा फ्रुहभिर्टोभालाई ६–२, ६‍–१, ६–३ ले पन्छाइन्। उनले ११ औँ प्रयासमा अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा स्थान बनाएकी हुन्।

त्यसैगरी चेक गणतन्त्रकी प्लिसकोभाले चिनियाँ विपक्षी शुई झाङलाई हराइन्। पूर्वविश्व नम्बर एक प्लिसकोभाले झाङमाथि ६–०, ६–४ को सहज जित दर्ता गरेर क्वार्टरफाइनलको यात्रा पक्का गरेकी हुन्। उनी सन् २०१९ यता अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा पुग्न सकेकी थिइनन्।

प्रकाशित: ९ माघ २०७९ १०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =