रवि लामिछाने उपप्रधानमन्त्रीबाट हट्न तयार!

हिमाल प्रेस ७ माघ २०७९ २०:१९
12
SHARES
रवि लामिछाने उपप्रधानमन्त्रीबाट हट्न तयार! तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताएका छन्।

प्रतिनिधिसभाको शनिबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धनबाट सहमति भएको खण्डमा उपप्रधानमन्त्री हटाए पनि तयार रहेको बताएका हुन्। उनले उपप्रधानमन्त्री सबैभन्दा पहिला आफ्नैबाट हटाउन सुरु गरे पनि तयार रहेको बताए।

गृहमन्त्री लामिछानेले भने, ‘उपप्रधानमन्त्रीहरूले थप भार पार्ने भन्दा पनि गठबन्धनबाट गर्ने भनिएको हो। हटाउने भए पनि सबैभन्दा पहिला मेरोबाट हटाइदिँदा हुन्छ, केही फरक पर्दैन।’ उनले यो अभ्यास भएकाले ठूलो भार नपर्ने देखिएको बताए। उनले भने, ‘मैले प्रस्ताव राखेको छु, त्यसमा झुन्डिनुपर्छ जस्तो मलाई लाग्दैन।’

गृहमन्त्री लामिछानेले आफूले नतिजा निकाल्ने गरी काम गर्ने पनि बताए। एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई चाँडै पक्राउ गरिने उनको भनाइ छ।

उनले भने, ‘हामी नतिजा निकाल्ने गरी काम गर्छौं । प्रहरी प्रशासनले नटेर्ने भन्ने हुँदैन, आफ्नो व्याख्या हो। विज्ञप्ति जानकारीका लागि गरिएको हो।’

मधेश आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा फरार रहेका कोइरी महोत्तरी १ बाट निर्वाचित भएका छन्। शनिबारको संसद बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेकाले गृह मन्त्रालयले विज्ञप्ति निकाल्नुपरेको हो ? भन्दै प्रश्न गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 17 =